धरानमा वार्ताको माध्यमबाट समस्या समाधन गर्न मानवअधिकार आयोगको अपिल


९ भाद्र २०८०, शनिबार
hurf

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले धरानमा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ । शनिबार विज्ञप्ति जारी गर्दै आयोगले धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गर्दा उत्पन्न परिस्थितिप्रति ध्यानार्षण भएको जनाउँदै सामाजिक सद्भाव कायम राख्न अनुरोध गरेको हो ।

आयोगले यस संवेदनशील विषयमा विभिन्न माध्यमबाट जानकारी लिनुका साथै अनुगमन पनि गरिरहेको प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिएका छन् । धरान उपमहानगरपालिका क्षेत्रमा केही दिनअघि गोरु काटेको र हिन्दू मन्दिर अगाडि चर्च बनाएको विषयलाई लिएर स्थानीयले आज र्‍याली निकाल्ने तयारी गरिरहँदा साम्प्रदायिक, सामाजिक, साँस्कृतिक एवम् राजनीतिक हिंसा भड्किन सक्ने सम्भावित घटना रोक्न सबै भेला तथा कार्यक्रमहरु रोकिएको आयोगले अनुगमनको क्रममा बुझिएको जनाएको छ ।

नेपालको संविधानको प्रस्तावनामा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधता बीचको एकता, सामाजिक, साँस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्द्धन गर्ने भनेकोमा संवैधानिक व्यवस्थाका साथै संयुक्त राष्ट्र संघको बडापत्र, मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा नेपाल पक्ष राष्ट्र भएका महासन्धिका व्यवस्थाहरुलाई समेत आत्मसात गर्दै सामाजिक सद्भाव कायम गर्नु, गराउन अपिल आयोगले गरेको छ । साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुँदै सामाजिक सद्भाव कायम राख्न अनुरोध आयोगले गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७