राप्रपाले पायो पूर्वाधार विकास समिति, दीपक पाण्डे उम्मेदवार बन्ने


१० भाद्र २०८०, आईतवार
Dipak singh shilapatra1673938027

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वाधार विकास समितिको नेतृत्व पाउने भएको छ । सत्तापक्ष र राप्रपाबीच भएको छलफलपछि विकास समितिको नेतृत्व राप्रपालाई दिने सहमति भएको हो । विकास समितिको नेतृत्व सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रको भागमा परेको थियो ।

नेकपा माओवादी केन्द्रले विकास समितिको सभापतिका लागि सांसद माधव सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, माओवादी केन्द्र राप्रपालाई छोड्न सहमत भएपछि सापकोटा ब्याक हुने भएका छन् । राप्रपाले विकास समितिको सभापतिमा दिपक सिंहलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले विकास समितिको नेतृत्व राप्रपाले पाउने र सभापतिमा सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको बताए ।

समितिको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि दिन सत्तापक्ष तयार भएको थियो । तर, रास्वपाले भने सत्तापक्ष र प्रतिपक्षीको भागवन्डामा सामेल नहुने बताएको छ । समितिको सभापतिका लागि आज दिउँसो ४ बजेसम्म उम्मेदवारी दिने र भोलि निर्वाचन हुने कार्यतालिका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७