सिहंदरवारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक शुरु


११ भाद्र २०८०, सोमबार
meeting 1 scaled

काठमाडौँ । सिहंदरवारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो । बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, मुख्यमन्त्रीहरू, मुख्य सचिव तथा सचिवहरू, नेपाल राष्ट्र बैङ्कका गभर्नर, नेपाली सेनाका सेनापति लगायतको उपस्थिति रहेको छ ।

meeting 2

बैठककोमा अहिले योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठले प्रस्तुति राखिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकले विकास निर्माण र मन्त्रालयगत समस्याहरू समाधानमा महत्वपूर्ण निर्णयहरू लिनेछ ।

meeting 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७