नेपालले लियो पाकिस्तानको तेस्रो विकेट


१३ भाद्र २०८०, बुधबार
babar rizwan pakistan 2048x1152 1

काठमाडौँ । नेपालले खेलको २३,४ ओभरमा पाकिस्तानको तेस्रो विकेट लिन सफल भएको छ । नेपालका लागि तेस्रो विकेट पनि रन आउट गरेको हो । मोहमद रिजवानलाई ४४ रनमा दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका हुन् । यससँगै पाकिस्तानले २३,४ ओभर खेल्दै ३ विकेटको क्षतिमा ११२ रन बनाएको छ ।

thumb 3

नेपालका लागि पहिलो विकेट करण केसीले लिएका हुन् भने दोस्रो विकेट रन आउट गराएको हो । करण केसीले पाकिस्तानी ओपनर फकहर जमानलाई १४ रनमा आउट गर्न सफल भएका हुन् । करणको तेस्रो ओभरलगत्तै बलिङ गर्न आएका सोमपालको बलमा रन लिन खोज्दा अर्का ओपनर इमाम उल हकलाई कप्तान रोहित पौडेलले रन आउट गर्न सफल भएका हुन् । इमाम ५ रन बनाएर आउट भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७