एमाले र माकेको एकीकरण जनताको बलिदानको अवमूल्यन हो : मोहन वैद्य


३ जेष्ठ २०७५, बिहीबार
Mohan Baidya aka Kiran 700 1 01042017081039

काठमाडौं, ३ जेठ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले एमाले–माओवादी केन्द्रीबीचको एकता ‘जनताको बलिदानको अवमूल्यन’ भएको टिप्पणी गरेको छ । Mohan Baidya aka Kiran 700 1 01042017081039

क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेलले विहीबार एक विज्ञप्ती जारी गर्दै एमाले–माकेले एकताको तथाकथित नाटक मञ्चन गरेको र माके आजैबाट औपचारिक रुपमा दक्षिणपन्थी संशोधनवाद तथा अवसरवाद हुँदै संसदीय मूल प्रवाहको एमालेको प्रतिक्रियावादीधारमा समाहित हुन पुगेको उल्लेख गरेका छन् ।

दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद र विस्तारवाद तथा साम्राज्यवादविरुद्ध दशवर्षे जनयुद्ध भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ– ‘जनयुद्धकै मूल नेतृत्व प्रचण्ड मण्डलीले वर्गीय तथा राष्ट्रिय आत्मसमर्पणवादको बाटो पकडी परिवर्तनको महान प्रक्रियामाथि धोका, विश्वासघात र गद्दारी गर्न पुग्यो । फलतः पश्चगामी राज्यसत्ता र उही पूरानै संसदीय व्यवस्थाको सेरोफेरोको गोलचक्करमा आज देश फस्न पुगेको छ, मालेमावादको आधारभूत मान्यता विपरीत सम्झौता र सत्ताको लेनदेन गरी जनताको वलिदानको अबमूल्यन हुन पुगेको छ ।’

यस्तो छ विज्ञप्ति

देशमा दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद र विस्तारवाद तथा साम्राज्यवादद्वारा हुँदै आएको उत्पीडनको अन्त्य गरी नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्दै समाजवाद र साम्यवादको दिशामा अघि बढ्नका लागि अनेकौं जनआन्दोलन, सशस्त्र जनसंघर्ष र दशवर्षे जनयुद्ध भए । परिवर्तनका यी सबै महान प्रक्रियामा जनताका हजारौं छोराछोरीले सहादत प्राप्त गरे, हजारौं वेपत्ता पारिए, कैयौं योद्धाहरु घाइते÷अपाङ्ग बनाइए । परन्तु, आन्दोलन तथा जनयुद्धकै मूल नेतृत्व प्रचण्ड मण्डलीले वर्गीय तथा राष्ट्रिय आत्मसमर्पणवादको बाटो पकडी परिवर्तनको महान प्रक्रियामाथि धोका, विश्वासघात र गद्दारी गर्न पुग्यो । फलतः पश्चगामी राज्यसत्ता र उही पुरानै संसदीय व्यवस्थाको सेरोफेरोको गोलचक्करमा आज देश फस्न पुगेको छ, मालेमावादको आधारभूत मान्यता विपरीत सम्झौता र सत्ताको लेनदेन गरी जनताको वलिदानको अबमूल्यन हुन पुगेको छ । त्यसैको पछिल्लो कडीको रुपमा माके–एमालेले एकताको तथाकथित नाटक मञ्चन गरेका छन् । मालेमावाद र जनयुद्धको विचार, आदर्श र मूल्य मान्यतालाई परित्याग गरिसकेको माके आजैबाट औपचारिक रुपमा दक्षिणपन्थी संशोधनवाद तथा अवसरवाद हुँदै संसदीय मूल प्रवाहको एमालेको प्रतिक्रियावादीधारमा समाहित हुन पुगेको छ ।

प्रतिक्रियावादी बाटो पकडीसकेको दक्षिणपन्थी संशोधनवादीहरुको गठजोडबाट उत्पन्न परिस्थितिको गम्भीरतापूर्वक समीक्षा गर्दै क्रान्तिकारी आन्दोलनलाई अघि बढाउने जिम्मेवारी अब हाम्रो काँधमा आइपुगेको छ । आजको यस घडीमा मालेमावादप्रति निष्ठावान क्रान्तिकारीहरु, घाइते÷अपाङ्ग, बेपत्ता योद्धा, सहिद परिवार र पूर्वजनमुक्ति सेना लगायत सम्पूर्ण परिवर्तनकामी जनसमुदायलाई क्रान्तिकारी धारमा ध्रुवीकृत हुन नेकपा (क्रान्तिकारी माओवादी) हार्दिक अपील गर्दछ । माके र एमालेभित्र रहनु भएका देशभक्त तथा क्रान्तिकारी साथीहरु ! यो कथित वाम एकताविरुद्ध आवाज उठाउनुहोस् र आफ्नो विद्रोही भावना र अभिमत जाहेर गरी क्रान्तिकारी आन्दोलनलाई अघि बढाउने ऐतिहासिक तथा महान प्रक्रियामा अघि बढ्ने अठोट गर्नुहोस् । आउनुहोस्, क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने महासमरमा सामेल हुने प्रतिबद्धता जाहेर गरौं ! संसदवादी तथा दक्षिणपन्थी संशोधनवादीहरुको कथाकथित एकता प्रक्रियालाई निस्तेज पार्दै नयाँ जनवादी क्रान्तिको तयारी र समग्र क्रान्तिको प्रक्रियालाई घनिभूत पारौं ! भविष्य क्रान्तिकारीहरुकै हातमा छ । क्रान्तिकारी अभिवादन सहित !

हरिभक्त कँडेल ‘प्रतीक’–प्रवक्ता

त्गदयचन
श्भल तचबखभकि

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७