एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपाले गर्‍यो आन्दोलनको घोषणा


१५ भाद्र २०८०, शुक्रबार
Biplaw
फाइल फोटो

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले अमेरिकी अनुदान सहयोगसम्बन्धी परियोजना एमसिसीको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

आगामी असोज १ गतेदेखि १५ गतेसम्म काठमाडौंसहित विभिन्न ६ जिल्लामा मार्चपास गर्ने नेकपाले निर्णय गरेको छ । आज बसेको नेकपाको स्थायी कमिटी बैठकले संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम तय गरेको हो ।

काठमाडौं, नुवाकोट, धादिङ, पाल्पा, नवलपरासी र रुपन्देहीमा एमसीसी विरोधीहरुको संयुक्त गोष्ठी गर्ने तयारी छ । त्यसपछि फेरि अर्को बैठक बसेर दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७