१३ वर्षीया बालिका बलात्कारको आरोपमा २१ वर्षीय युवक पक्राउ


१६ भाद्र २०८०, शनिबार
Rape
सांकेतिक तस्वीर

रूकुम पश्चिम । एक १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले रूकुम पश्चिमबाट एक युवकलाई पक्राउ गरेको छ ।

आठबिसकोट नगरपालिका–६ का २१ वर्षीय चिरन्जिवी बोहरा बालिका बलात्कारको आरोपमा पक्राउ परेका हुन् । उनले सोही ठाउँकी एक बालिकालाई ललाइफकाई जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ । उनले बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका– १ मा लगेर करणी गरेको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७