सर्वोच्चका प्रस्तावित न्यायाधीश विनोद शर्माविरुद्ध उजुरी आह्वान


१६ भाद्र २०८०, शनिबार
Binod Sharma Ghimire1693551282

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु भएको छ । संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीश शर्माको सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । १० दिनभित्र दिएको उजुरीमाथि छानबिन गरेपछि शर्मामाथि संसदीय सुनुवाइ हुनेछ ।

संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । उच्च अदालत पाटनका न्यायाधीश शर्मा अहिले सर्वोच्च अदालतमा काजमा छन् । गएको भदौ १० गते बसेको न्याय परिषद् बैठकले उहाँलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

2023 09 01 11 42 11 gopa bhadau 16 1 WnqpoTgJVz

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७