सत्ताबाट हटाउनेकाविरुद्ध करोडौं जनता उतारेर आन्दोलनको नेतृत्व गर्छु : प्रधानमन्त्री


१६ भाद्र २०८०, शनिबार
Prachanda chandragiri 1

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू पाँच वर्ष नै सत्ताबाट हट्नु नपर्ने अवस्था बन्दै गएको बताएका छन् ।

काठमाडौंको चन्द्रागिरिमा आज (शनिबार) आयोजित पार्टीको विशेष रुपान्तरण अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूले अहिले गरिरहेको कामका कारण त्यस्तो परिस्थिति बन्दै गएको बताए ।

Prachanda chandragiri 2

‘३२ सिटको नेता भएकाले प्रधानमन्त्री बन्दै गर्दा कति दिन रहने हो भन्ने थियो । १५ दिन, एक महिना, २ महिना जति दिन रहन्छु राष्ट्र र जनताको पक्षमा इमानदार भएर काम गर्नेछु र मलाइ जसले हटाउने छन् तिनकाविरुद्ध जनताको बीचमा गएर आन्दोलनको नेतृत्व गर्नेछु भन्ने संकल्पसहित काम गरेको थिएँ’ प्रचण्डले भने, ‘तर अहिले आठ महिना हुँदैछ म त हट्न परेको छैन । मलाई लाग्छ सायद पाँचै वर्ष हट्न पर्दैन जस्तो देख्दैछु मैले । जनताको साथ समर्थन प्राप्त हुँदै गयो भने हाम्रो गठबन्धन पाँचै वर्ष चल्छ ।’

उनले संख्याको बलमा आफू प्रधानमन्त्री नभएको पनि बताएका छन् । ‘संसदमा सिट संख्याको बलमा म प्रधानमन्त्री भएको होइन । ३२ सिटले प्रधानमन्त्री हुने तागत राख्दैन । ८० र ९० सिट भएकाहरूको अगाडि सजिलो कुरा त होइन’, उनले भने, ‘इतिहासको तागत, हाम्रा सहीद, बेपत्ता योद्धाहरूको तागत र हाम्रो पार्टीको राजनीतिक एजेण्डाको तागतले देशको नेतृत्व गर्ने अवसर प्राप्त भयो ।’

Prachanda chandragiri 3

सरकारको सुशासन अभियानले प्रतिक्रियावादीहरु अत्तालिएको पनि बताएका छन् । ‘एकथरी मान्छेहरू अहिले यो सरकार र गठबन्धनसँग अत्तालिएका छन्, विक्षिप्त भएका छन् । महान अभियानले गर्दा माओवादी फेरि ६४ तिर फर्किने भयो भन्ने आतंक छ’, उनले थपे, त्यसकारण अनेक षडयन्त्र गर्दैछन् । देश र राज्यलाई शुद्धीकरण गर्ने यो महान अभियानको सुरुवात हो रोकिनेवाला छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७