एसिया कप : भारतले टस जित्यो, नेपालले ब्याटिङ गर्ने


१८ भाद्र २०८०, सोमबार
asai cup nepvind 1693757761

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताको महत्वपूर्ण खेलमा आज (सोमबार) नेपाल र भारतबीच केही समयपछि खेल सुरु हुँदैछ । भारतका कप्तान रोहित शर्माले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका छन् ।

नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । भारतको यसअघिको टिममा जसप्रित बुमराहको स्थानमा मोहम्मद सामीलाई खेलाइने भएको छ । नेपालले पनि एक परिवर्तन गरेको छ । आरिफ शेखको स्थानमा भीम सार्कीले मौका पाएका छन् । श्रीलंकाको पाल्लेकेल मैदानमा खेल हुँदैछ । खेलका क्रममा वर्षा हुनसक्ने अनुमान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७