नेपाल र भारतबीचको खेल पानी परेपछि रोकियो


१८ भाद्र २०८०, सोमबार
India cricket water oTWLK6FFNY

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज (सोमबार) श्रीलंकाको पल्लेकेल मैदानमा भइरहेको नेपाल र भारतबीचको खेल पानी परेपछि रोकिएको छ । ३७.३ ओभरको खेल सकिँदा वर्षा भएको हो ।

खेल रोकिनुअघि भारतविरुद्ध आसिफ शेखले अर्धशतक बनाएका छन् । उनले ८८ बलमा अर्धशतक बनाएका हुन् । पाँचौँ विकेटका रुपमा उनी ५८ रन बनाएर आउट भए । उनको विकेट मोहम्मद सिराजले लिए ।

नेपालले राम्रो सुरुवात गरेको नेपालको मध्यक्रम लड्खडाएको छ । ६५ को स्कोरमा पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको नेपालले त्यसपछि निरन्तर विकेट गुमाइरहेको छ । कप्तान रोहित पौडेल ५, भीम सार्की र कुशल मल्ल २ रनमा आउट भए ।

भारतका रविन्द्र जडेजाले तीन विकेट लिइसकेका छन् । सार्दुल ठाकुरले एक विकेट लिएका छन् । खेलमा नेपालका दुवै ओपनरले तीन पटक जीवनदान पाएका थिए । अहिले क्रिजमा दिपेन्द्रसिंह ऐरी र सोमपाल कामी छन् । खेल रोकिँदासम्म ३७ ओभर ३ बलमा ६ विकेट गुमाएर १७८ रन बनाइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७