त्रिभुवन विमानस्थलमा थपिए ५०० ‘ब्यागेज ट्रली’


१९ भाद्र २०८०, मंगलवार
airport trali

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ ब्यागेज ट्रली सञ्चालनमा ल्याइएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फ ५०० वटा नयाँ ब्यागेज ट्रली सञ्चालनमा ल्याइएको विमास्थलका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए । विमानस्थलमा यसअघि ६०० वटा ब्यागेज ट्रली थियो ।

उक्त ट्रलीलाई रिप्लेस गरेर नयाँ ट्रली सञ्चालनमा ल्याइएको तिवारीले जानकारी दिए ।विमानस्थलमा पहिले तीनपाङ्ग्रे ब्यागेज ट्रली थियो । अहिले सञ्चालनमा ल्याएको ब्यागेज ट्रली चारपाङ्ग्रे भएको तिवारीले जानकारी दिए । तीनपाङ्ग्रे ब्यागेज ट्रली हुँदा ब्यालेन्स नमिल्ने तथा आरोलोमा समेत अप्ठारो पर्ने गरेको यात्रुको गुनासो थियो ।

नयाँ ब्यागेज ट्रलीले उक्त समस्याको समाधान गर्ने प्रमुख तिवारीले जानकारी दिए । ‘पहिला ६०० वटा ब्यागेज ट्रली थियो । त्यो सबैलाई रिप्लेस गरेर नयाँ ५०० वटा ट्रली ल्याएका छौँ । यसले विगतमा यात्रुले ट्रलीबारेमा गरेको गुनासो सम्बोधन हुन्छ भन्ने विश्वास लिएका छौँ’, उनले भने, ‘पहिला थ्री ह्विलरको थियो, अहिले फोर ह्विलर ब्यागेज ट्रली ल्याएका छौँ । यसमा ब्यालेन्स हुन्छ र ओरालोमा सामान लैजान पनि सहज हुन्छ ।’

यसअघि सञ्चालनमा रहेका ६०० वटा ब्यागेज ट्रली मर्मत सम्भार गरेर सञ्चालनमा ल्याउन मिल्नेलाई सञ्चालनमा ल्याइने तिवारीले जानकारी दिए । इन्टिग्रेटेड म्यानेजमेन्ट सिस्टम (आईएमएस)सँग पुरानो ट्रलीलाई रिप्लेस गर्न आग्रह गरेको तिवारीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७