एमाले र एकीकृत समाजवादीमा जानसक्छु, माओवादीमा जान्नँ : वामदेव गौतम


२० भाद्र २०८०, बुधबार
bamdev gautam2
फाइल फोटो

काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धका पीडित पक्षसँग माफी माग्नु पर्ने बताएका छन् । आज (बुधबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू नेकपा (एमाले) र नेकपा (एकीकृत समजवादी) पार्टीमा जानसक्ने तर नेकपा (माओवादी केन्द्र) मा जान नसक्ने बताएका हुन् ।

उनले जनयुद्धकालमा राम्रा र नराम्रा काम दुवै भएको भन्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धका पीडितका घरघरमा पुगेर माफी माग्न नगएसम्म आफू माओवादीको पार्टी सदस्यता लिन नसक्ने स्पष्ट पारे । राजनीतिक व्यक्तिको हत्या गर्नु मार्क्सवाद नभइ गल्ती भएको उनको जिकिर छ ।

नेता गौतमले नेकपा (एमाले) ले ७० वर्षे उमेर हद नहटाएको दाबी गरे । उनले उमेर हद संविधानको धारा २४ को विरुद्धमा रहेकोले हट्नै पर्ने बताए । उनले भने, ‘हामी नेपालको सबै कम्युनिस्टहरू एकता गर्न चाहन्छौँ, त्यो भनेको एमालेलाई छोडेर होइन । म नेकपा (एमाले) मा, एकीकृत समाजवादीमा जानसक्छु । म माओवादी केन्द्रमा जान सक्दिनँ । किनभने जनयुद्धकालमा राम्रा काम पनि भए, अत्यन्त नराम्रा काम पनि भए । राजनीतिक व्यक्तिहरूको हत्या गरियो, त्यसलाई माक्र्सवाद भन्छन्, भन्दैनन् । कमरेड प्रचण्डले पीडितका घरमा गएर माफी माग्नु पर्छ ।’

समाजवाद ल्याउने घोषणा गरेर निर्वाचनमा गएका पार्टीहरूमा पुँजीवाद भन्दा अरु केही नरहेको जिकिर गरे । पार्टीको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री स्वयंले नै एमसीसीको व्याख्यात्मक टिप्पणीमाथि प्रश्न उठाउनुले धेरैकुरा शंकाको घेरामा आएको निष्कर्ष निकालेको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७