जी–२० को संयुक्त वक्तव्यप्रति युक्रेनको आपत्ति


२४ भाद्र २०८०, आईतवार
G 20 iJG6h70qbz

काठमाडौं । युक्रेनले जी–२० शिखर सम्मेलनको घोषणमा कुनै गर्व गर्न लायक विषय नसमेटिएको प्रतिक्रिया दिएको छ । भारतको नयाँदिल्लीमा जारी जी–२० शिखर सम्मेलनको साँझ घोषणा पत्र जारी भएको थियो ।

घोषणापत्रमा युक्रेन संकट वा रुसमाथि दबाब बढाउने खालका कुनै पनि कुरा नसमेटिएको भन्दै उसले यस्तो प्रतिक्रिया दिएको हो । जी–२० शिखर सम्मेलनले भारत–मध्यपूर्व–युरोप इकोनोमिक करिडोर घोषणा गरेको छ । करिडोर अन्तर्गतका परियोजना निर्माण भएमा भविष्यमा भारत, अरेबियन गल्फ र युरोपको सहकार्य ऐतिहासिक हुने दाबी गरिएको छ ।

विज्ञका अनुसार करिडोरअन्तर्गत निर्माण हुने रेल लिंकबाट भारत र युरोपको व्यापार ४० प्रतिशत छिटो हुने सम्भावना छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको उपस्थितिमा भएको घोषणालाई दिल्लीमा ऐतिहासिक र चिनियाँ बिआरआईमाथिको झड्का भनिएको छ ।

बाइडेनले यो भविष्यमुखी सहकार्य भएको भन्दै खुसी व्यक्त गरेका छन् । यस्तै घोषणापत्रमा बलियो, दीर्घकालीन, सन्तुलित र समावेशी वृद्धि, दिगो विकास लक्ष्यको प्रगतिलाई गति दिने, दीर्घकालीन भविष्यको लागि हरित विकास सम्झौता, एक्काइसौँ शताब्दीका लागि बहुपक्षीय संगठनहरू तथा बहुपक्षवादलाई पुनर्जीवित गर्ने जस्ता विषय समेटिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७