पहिरोले महाकाली राजमार्ग अवरुद्ध


२४ भाद्र २०८०, आईतवार
pahiro 1
फाइल फोटो

बैतडी । अविरल वर्षापछि आएको पहिराले महाकाली राजमार्ग अवरुद्ध भएको छ । वर्षापछि बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धर्मघर नजिकै आज ११.३० बजे सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो ।

राजमार्ग अवरुद्ध हुँदा यातायात आवागमन पूर्ण रुपमा बन्द भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । उनका अनुसार अहिले यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । पहिरो पन्छाएर राजमार्ग सञ्चालन गर्न जेसिबी पहिरो खसेको स्थानतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७