१५ वर्षीया किशोरी बलात्कार आरोपमा दुई किशोरसहित तीन जना पक्राउ


२६ भाद्र २०८०, मंगलवार
Rape
सांकेतिक तस्वीर

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीबाट एक १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका–३ का १९ वर्षीय अरबिन महता, १७ र १८ वर्षका दुई किशोर छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दोधारा चाँदनी नगरपालिका–२ स्थित खेल मैदानमा लागेको मेला हेर्न गएको समयमा पहिलो पटक जबरजस्ती करणी गरेको किशोरीले उजुरीमा उल्लेख गरेकी छन् ।

यही भदौ १५ मा मेला हेर्न गएका बेला ललाईफकाई गरेर दोधारा चाँदनी नगरपालिका–४ बैतडा टोलस्थित उखुबारीमा करणी गरेको पीडितको भनाइ छ । भदौ १९ मा दोधारा चाँदनी नगरपालिका–१ मायापुरी सामुदायिक जंगलमा लगेर करणी गरेको किशोरीले जाहेरीमा उल्लेख गरेकी छन् । इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपितलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७