धरानका उपमेयरकाे घर तोडफोड घटना : आठ जना पक्राउ, घाइतेको अवस्था गम्भिर

उपमेयरका भाइ विष्णु बेघा घाइते अवस्थामै प्रहरीको नियन्त्रणमा


२७ भाद्र २०८०, बुधबार
begha

सुनसरी । धरानका उपमेयर अइन्द्र विक्रम बेघाका भाइ विष्णु बेघालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेघासहितको समूहले धरान–१५ सूर्यवस्तीका सन्देश राईलाई कुटेको आरोपमा उपमेयरका भाइ विष्णुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

376429468 287128040700393 2193450671006893687 n1694526123

मंगलबार धरानमा भएको ग्याङ फाईटको अनुसन्धानका लागि विष्णुलाई नियन्त्रणमा लिएको धरानका डीएसपी नवराज मल्लले जानकारी दिएका छन् । विष्णुको समूहले सुरुमा सन्देश राईलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको थियो । सन्देशको समूहलाई आक्रमण गरेपछि सो समूहले विष्णु बेघालाई घरैमा गएर कुटेको थियो । सन्देशलाई काटेर घरमा बसेको बेला उपमेयर बेघाको घरमा प्रवेश गरी विष्णु बेघामाथि धारिलो हतियार प्रहार गरेको मल्लले बताए । पुरानो रिसीइबीका कारण घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

विष्णुको समूहले काटेका सन्देशको अवस्था चिन्ताजनक रहेको छ । सन्देशको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनको शरीरको कम्मरमा गहिरो चोट लागेको छ भने विष्णुको टाउको र अनुहारमा चोट लागेको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा आठ जनलाई पक्राउ गरेको छ । प्रहरीले विष्णुसहित उनको समूहका बाघवीर भन्ने सुरज तामाङ, मेनल तामाङलाई पक्राउ गरेको छ । सन्देशका ग्याङका अमृत तामाङ, अनिल मगर, सागर भनिने दीपेन्द्र राई, सञ्जीव राईलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७