बाढी प्रभावित लिबियामा सहयोग पठाउन ईयूको आग्रह


२८ भाद्र २०८०, बिहीबार
libiya R0n6U6vwKK

काठमाडौं । युरोपेली सङ्घले जर्मनी, रोमानिया र फिनल्याण्डको सहयोग लिबिया पठाइएको जनाएको छ । लिबियामा आएको बाढीका कारण कम्तीमा दुई हजार ३०० जनाको मृत्यु हुनुका साथै हजारौँ बेपत्ता भएका छन् । बाँचेकाहलाई पनि खाना र आश्रयस्थलको आवश्यकता रहेको छ ।

युरोपेली आयोगले यो सहायता विनाशकारी सहर डेर्नासम्म पुग्ने क्रममा रहेको र सहायता जुटाउन आफ्नो नागरिक सुरक्षा संयन्त्रलाई औपचारिक रूपमा सक्रिय बनाएको जनाएको छ । लिबियाका अधिकारीहरूले मङ्गलबार औपचारिक रूपमा सहयोगका लागि अनुरोध गरेपछि यो कदम चालिएको हो । इयूका तीन सदस्य राष्ट्रबाट प्राप्त हुने सहायतामा ‘टेन्ट, फिल्ड बेड र कम्बल, ८० वटा जेनेरेटर, खाद्य सामग्रीका साथै अस्पतालका टेन्ट र पानीट्याङ्की’ रहेका छन् ।

इयूको सङ्कट व्यवस्थापन आयोग जेनेज लेनार्किकका अनुसार इयूले आपतकालीन कोषका लागि प्रारम्भिक पाँच लाख युरो (पाँच लाख ३५ हजार अमेरिकी डलर) निकासा गरेको छ । उनले भने, ‘यो कठिन समयबाट गुज्रिरहेका लिबियाका सबैभन्दा बढी प्रभावित व्यक्तिहरूका लागि ईयूले सहायता बढाउन तयार छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७