काठमाडौं र ललितपुरका यी क्षेत्रमा तीन दिन विजुली अवरुद्ध हुने


२८ भाद्र २०८०, बिहीबार
bijuli
सांकेतिक तस्वीर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका केही क्षेत्रमा लगातार तीन दिन विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । बिहीबार एक सूचनामार्फत प्राधिकरणले काठमाडौंका केही र ललितपुरका विभिन्न क्षेत्रमा शुक्रबार र शनिबार विद्युत् प्रसारण अवरुद्ध हुने जानकारी दिएको हो ।

प्राधिकरणले ६६ केभीको स्युचाटार–टेकु प्रसारण लाइन भोलि शुक्रबार बिहानदेखि आगामी सोमबार बिहानसम्म सट डाउन गर्ने जनाएको छ । टेकु सबस्टेसनमा ट्रान्सफर्मर चार्जसहितका कामका लागि उक्त प्रसारण लाइन बन्द गर्न लागिएको हो ।
प्राधिकरणले स्युचाटार–पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तथा स्युचाटार–केथ्री लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन हुने जनाएको छ ।

NEA Release 1694655656

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७