खेल्ने क्रममा नालीमा खसेर दुई वर्षीय बालकको मृत्यु


२९ भाद्र २०८०, शुक्रबार
nala e1694754906251

जनकपुरधाम । नाला निर्माण गर्दा ढक्कन नहालेको ठाउँमा खसेर जनकपुरधाम उपमहानगरपालिका– १५ लोहनामा एक बालकको मृत्यु भएको छ । स्थानीय रञ्जित मुखियाका २ वर्षीय छोरा रोहन मुखियाको नालामा खसेर मृत्यु भएको हो । घर अगाडि खेल्ने क्रममा आज विहान बालक रोहन नालामा खसेका थिए ।

स्थानीयका अनुसार नामाला ढक्कन नराखेको ठाउँमा टाउको तल र खुट्टा माथि रहेको अबस्थामा उनलाई देखेपछि बाहिर निकाल्दा मृत्यु भइसकेको थियो । मधेश प्रदेश सरकारले नाला दुई वर्ष अघि नै सडक ढलान र नाला निर्माण गरेको छ । नालामा ढक्कन समेत राखेको तर ठाउँ ठाउँमा नराखेपछि घटना घटेको स्थानीको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७