पूर्व प्रधानमन्त्री भट्टराई एक साताका लागि भारत प्रस्थान


३० भाद्र २०८०, शनिबार
baburam jN5TW9067a

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई एक साता लामो भ्रमणका क्रममा आज भारत गएका छन् ।

नेपाल समाजवादी पार्टी (नेसपा) को प्रवास कमिटीको निमन्त्रणामा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष भट्टराई आज भारत प्रस्थान गरेका हुन । साताब्यापी भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल र अन्तरक्रिया गर्नुका साथै नेपालको आर्थिक विकासलगायतका विषयमा प्रवचन दिनेछन ।

भट्टराईको सचिवालयका अनुसार भारत भ्रमणको क्रममा त्यहाँ रहेका नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने कार्यक्रम छ । भारतका मुख्य शहरहरू गोवा, कर्नाटक, नयाँदिल्ली र चण्डीगढमा आयोजित कार्यक्रममा सहभागी भएर उनी अब असोज ५ गते मात्रै स्वदेश फर्कने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७