असोज १६ देखि राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता


३० भाद्र २०८०, शनिबार
football photo 1w0XsjwJrc
सांकेतिक तस्वीर

मकवानपुर । हेटौँडामा दुई लाख राशिको राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । आज यहाँ पत्रकार सम्मेलन गर्दै आयोजक नागस्वती भेट्रान्स क्लबले आगामी असोज १६ गतेदेखि दोस्रो राष्ट्रिय रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा कल्बका अध्यक्ष सोमबहादुर तितुङले प्रतियोगितामा देशभरका ४० वर्ष माथि उमेर समूहका खेलाडीको सहभागिता रहने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा विजेतालाई रू दुई लाख एक हजार र उपविजेतालाई रू एक लाख एक हजार नगदसहित पुरस्कार वितरण गरिने छ ।

क्लबका अध्यक्ष तितुङले प्रतियोगितामा देशभरका १८–२० क्लबको सहभागिता रहने जनाउँदै खेलका लागि रू १६ लाख खर्च हुने अनुमान गरिएको बताए । ‘स्वास्थ्यका लागि खेल’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको उक्त प्रतियोगिताले पूर्वखेलाडीको मनोबल उच्च राख्न सहयोग पुग्ने तितुङले बताए । तीन वर्षअघि स्थापना भएको क्लबले पहिलो वर्ष आयोजना गरेको प्रतियोगितामा आयोजक आफैले उपाधि हासिल गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७