बोल्न नसक्ने सञ्जय भण्डारीले लेखेर स्वीकारे गैह्रीगाउँमा चार जनाको हत्या अपराध

घटना लगत्तै खुकुरी बोकेर भागेका थिए आरोपी, सीसीटीभी फुटेजका आधारमा पक्राउ


३१ भाद्र २०८०, आईतवार
Sanjaya Tinkune 1694957359

काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा शनिबार राति भएको चार जनाको हत्या घटना आफूले गरेको एक बोल्न नसक्ने व्यक्तिले स्वीकारेका छन् ।

महानगरीय प्रहरी परिसर टेकुमा उनले फर्निचरमा पसेर आफूले चार जनाको हत्या गरेको स्वीकारेको लेखेर स्वीकारेको एक प्रहरी अधिकारीले बताएका छन् । ‘आई किल्ड फोर पिपुल’, बोल्न नसक्ने उनले प्रहरी समक्ष लिखित रुपमा चार जनाको हत्यामा आफू संलग्न रहेको स्वीकारेका हुन् । प्रहरीले उनलाई सार्वजनिक गर्ने तयारी गरेको छ । प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ का सञ्जय भण्डारीलाई सीसीटीभी फुटेजका आधारमा पक्राउ गरिएको जनाएको छ । चार जनाको हत्यापछि आरोपी भण्डारी खुकुरीसहित दौडेर बाहिर निस्केको सीसीटीभी फुटेजमा देखिएको थियो ।

भण्डारी दौडदै पेप्सीकोला पुगेको सीसीटीभी फुटेजमा देखिएपछि खोजी गर्दा आइतबार विहान पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । बोल्न नसक्ने भण्डारीले दोभासेमार्फत प्रहरीमा बयान दिएका हुन् । उनले आफ्नो रिसइबी नवीन राईसँग रहेको तर घटनाको रहस्य खुल्ने डरले अरुको पनि हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ । नवीनले केही समयअघि आफूलाई मोटरसाइकलले ठक्कर दिएको र त्यस विषयमा कुरा गर्न जाँदा दुर्व्यवहार गरेको बयान दिएका प्रहरी स्रोतले बताएको छ ।

गैह्रीगाउँस्थित दिव्य स–मिलमा हत्या गरेको अवस्थामा शनिबार बिहान दुई पुरुष र दुई महिलाको शव फेला परेको थियो । सुरुमा प्रहरीले ट्याक्सीमा चढेर नयाँ बानेश्वर वृत्त पुगेका दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको थियो । गैह्रीगाउँको दिव्य सःमिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राईको हत्या भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७