पशुपतिनाथको बसपार्क सम्झौता भङ्ग, तत्काल निःशुल्क पार्किङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपतिनाथको बसपार्कमा अनियमितता र कानुनको गम्भीर उल्लंघन भएको देखिएको बताएका छन् ।
आज (सोमबार) ट्वीट गर्दै किराँतीले सोही कारण त्यसको सम्झौता भङ्ग गरिएको उल्लेख गरेका छन् । ‘पशुपतिनाथको बसपार्कमा अनियमितता र कानुनको गम्भीर उल्लंघन देखिएकोले सम्झौता भंग गरिसकिएको छ,’ मन्त्री किराँतीले लेखेका छन् ।
सम्झौता भङ्ग गरेसँगै अर्को प्रक्रिया पूरा नहुँदासम्म पार्किङ निःशुल्क गरिएको पनि उनको भनाइ छ । ‘अर्को प्रक्रिया पूरा नहुँदासम्म पार्किङ्ग निःशुल्क गरिएको जानकारी गराइन्छ,’ मन्त्री किराँतीले उल्लेख गरेका छन् ।
पशुपतिनाथको बसपार्कमा अनियमितता र कानुनको गम्भीर उल्लंघन देखिएकोले सम्झौता भंग गरिसकिएको छ । अर्को प्रक्रिया पुरा नहुँदा सम्म पार्किङ्ग नि:शुल्क गरिएको जानकारी गराइन्छ ।
— सुदन किराँती (@sudankiranti) September 18, 2023