दैलेखमा चट्याङ लागेर एक किशोरको मृत्यु, आठ जना घाइते


२ आश्विन २०८०, मंगलवार
death
सांकेतिक तस्वीर

दैलेख । दैलेखमा चट्याङ लागेर १६ वर्षीय किशोरको मृत्यु भएको छ । घटनामा अरु आठ जना घाइते भएका छन् । महाबु गाउँपालिका–३ बासी घर भएका १६ वर्षीय किशोर दाहालको चट्याङ लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दीपक बिष्टका अनुसार सोमबार तीजको मेला हेरेर फर्किने क्रममा महाबुस्थानको एक्ले सल्लो भन्ने ठाउँमा चट्याङ लाग्दा किशोरको मृत्यु भएको हो ।

किशोरसँगै रहेका अन्य आठ जना चट्याङले घाइते भएका छन् । घाइतेमध्ये केहीलाई बढी चोट लागेको प्रहरीले जनाएको छ । चट्याङबाट गम्भीर घाइते भएका किशोरको उपचारका क्रममा दैलेख जिल्ला अस्पतालमा मृत्यु भएको हो । आठ जना घाइतेको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७