सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु


५ आश्विन २०८०, शुक्रबार
Barta Teacher 1024x706 1

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । उनीहरूबीच शुक्रबार दोस्रो दिन वार्ता सुरु भएको हो । गृह मन्त्रालयमा वार्ता सुरु भएको छ । यसअघि बिहीबार पनि वार्ता भएको थियो । तर, त्यसमा कुनै सहमति जुट्न सकेको थिएन ।

सरकारले ल्याएको शिक्षा विधेयकमाथि असहमति राख्दै देशभरका शिक्षकहरू काठमाडौंमा जम्मा भएर आन्दोलन गरिरहेका छन् । विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले १७ बुँदे माग अघि सारेको छ । आफूहरूका मागका बारेमा शिक्षक संगठनका प्रतिनिधिहरूले बिहीबार बिहान र साँझ तथा आज शुक्रबार बिहान पनि मन्त्रीहरुसँग छलफल गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७