क्रिकेट संघको अध्यक्षमा चन्द, उपाध्यक्षमा सिंह र कोषाध्यक्षमा खड्का निर्विरोध


६ आश्विन २०८०, शनिबार
chaturbahadur2020 01 15 10 32 22

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भएका छन् ।

शनिबार हुने तालिका रहेको निर्वाचनका लागि उमेदवारी दर्ता समयसम्म अध्यक्षमा चन्द, उपाध्यक्षमा सिंह र कोषाध्यक्षमा खड्का बाहेक अरू कसैको उमेदवारी दर्ता नभएपछि उनीहरू निर्विरोध भएका हुन् । क्यानका लागि १७ सदस्यीय कार्यसमितीका लागि आज निर्वाचन हुँदैछ । १९ सदस्यमध्ये २ जना भने राष्ट्रिय खेलकुद परिषद् राखेपले मनोनयन गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७