युक्रेनलाई लामो दूरीमा प्रहार गर्ने क्षेप्यास्त्र दिँदै अमेरिका


७ आश्विन २०८०, आईतवार
Ukraine and American President 2023 1

काठमाडौं । अमेरिकाले युक्रेनलाई लामो दूरीमा प्रहार गर्ने क्षमताका क्षेप्यास्त्र युक्रेनलाई प्रदान गर्ने भएको छ । राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र चाँडै उपलब्ध गराउने योजना बनाएका हुन् ।

युक्रेनी राष्ट्रपतिसँग वासिङ्नमा भेटवार्ता गरेपछि किएभलाई रुसका भित्री भागसम्म प्रहार गर्ने क्षमताका हतियार दिने निष्कर्षमा उनी पुगेको हतियार सहायतासम्बन्धी विषयसँग परिचित एक जना अधिकारीले बताएका हुन् । युक्रेनले अब तीन सय किलोमिटर परसम्म प्रहार गर्ने क्षमताका एटिएसीएमएस क्षेप्यास्त्र प्राप्त गर्ने उनले बताए ।

यसैबीच, युक्रेनले शुक्रबार प्रहार गरेको क्षेप्यास्त्रले रुसको ब्ल्याक सी फ्लीटको मुख्यालयमा क्षति गरेको छ । एक युक्रेनी सैन्य स्रोतका अनुसार सेभास्टोपोल बन्दरगाहमा बेलायत र फ्रान्सले प्रदान गरेका स्टोर्म स्याडो क्षेप्यास्त्र आक्रमण गरिएको हो । यी क्षेप्यास्त्र बढीमा एक सय दुई किलोमिटर परसम्म प्रहार गर्ने क्षमताका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७