बजारमा चिनी अभाव : कुलेश्वरमा ७० हजार किलो भण्डारण गरिएको गोदाममा शिल


८ आश्विन २०८०, सोमबार
sugar chini
सांकेतिक तस्वीर

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँको कुलेश्वरमा भण्डारण गरिराखिएको ७० हजार किलो चिनीको गोदाममा शिल गरेको छ ।

चिनीको अस्वाभाविक मूल्यवृद्धि भएको सन्दर्भमा अनुगमन गर्ने क्रममा गएको बिहीवार शङ्कास्पद गोदाममा शिल गरेको विभागका निर्देशक आनन्दराज पोखरेलले जानकारी दिए । काठमाडौँ कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेड लिङ्कको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएकाले चिनीको गोदाम शिल गरेर गुणस्तर जाँचका लागि नमुना प्रयोगशालामा पठाएको उनले बताएका छन् । भाउ बढाएर कालोबजारी गरेको बारेमा पनि अध्ययन गरिरहेको तर प्रमाण नभेटेकोले गुणस्तर मापनको प्रतिवेदन पर्खिरहेको उनले बताए ।

केही समयदेखि चिनीको भाउ अस्वाभाविक रूपमा बढिरहेको छ । एक महिना अघिसम्म किलोको एक सय रुपैयाँमा पाइने चिनी अहिले १३० रुपैयाँभन्दा धेरै पुगेको छ । भाउ वृद्धि गर्नका लागि चिनी लुकाउन थालिएकाले बजारमा अभाव देखिन थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७