आमाको मात्र नाम राखेर नागरिकता दिन सर्वोच्चको परमादेश


८ आश्विन २०८०, सोमबार
Sarbochha 4

काठमाडौँ । सर्वोच्च अदालतले आमाको मात्र नाम राखेर नागरिकता दिन परमादेश जारी गरेको छ । बुवाको नाम नराखेर पनि नागरिकता दिन सकिने गरी सर्वोच्चले आदेश जारी गरेको हो ।

ललितपुरको महालक्ष्मी नगरपालिका–६ की एक महिलाले कुमारी अवस्थामै छोरी जन्माएको र बुवा सम्पर्कविहीन भएको जनाउँदै २०७८ सालमा सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । आफू प्रेम सम्बन्धमा रहेका बेला गर्भवती भएको र त्यसपछि विवाह नगरी पुरुष सम्पर्कविहीन भएकाले छोरीलाई नागरिकता दिलाउन नसकेको उनको गुनासो थियो ।

बुवाको स्थायी ठेगाना मनहरि–४, मकवानपुरको वडा कार्यालयमा जन्मदर्ता गराउन खोज्दा पनि नगरिदिएको उनले निवेदनमा उल्लेख गरेकी थिइन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासले गत साउन २३ गते गरेको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक गरिएको हो ।

आमासँग वंशजको नागरिकता रहेको र अस्पतालले दिएको जन्म प्रमाणपत्र पनि रहेको अवस्थामा बुवाको नाम आवश्यक नपर्ने सर्वोच्चको ठहर छ। छोरीलाई पनि वंशजकै आधारमा नागरिकता दिन र आमाको स्थायी ठेगाना नै छोरीको पनि ठेगाना काम गर्न सर्वोच्चले भनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७