चार देशका राजदूतले लिए शपथ


१० आश्विन २०८०, बुधबार
rajdut sapath

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग चार देशका राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् । सरकारको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि उनीहरुलाई आज राष्ट्रपतिले शपथ ग्रहण गराएका हुन् ।

फ्रान्सका लागि सुधिर भट्टराई, संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्र, कुवेतका लागि घनश्याम लम्साल र स्वीट्जरल्याण्डका लागि रामप्रसाद सुवेदीले राजदुतको शपथ लिएका हुन् । राष्ट्रपति कार्यालयमा एक कार्यक्रमका्बीच भएको सपथ ग्रहण समारोहमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७