एमसीसी प्रमुख अलब्राइट असोज १४ मा नेपाल आउँदै


१० आश्विन २०८०, बुधबार
albrite mcc pramukh

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का प्रमुख कार्यकारी अधिकृत एलीस पी. अलब्राइट नेपाल आउने भएकी छन् । एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको ठिक एक महिनापछि अलब्राइटको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल यही असोज १४ गते नेपाल आउन लागेको हो ।

अलब्राइट नेतृत्वको एमसीसीको प्रतिनिधिमण्डल असोज १४ गते पौने पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका छ । गत भदौ १३ गते एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको ठिक एक महिनापछि अलब्राइटको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल नेपाल आउन लागेको हो ।

अलब्राइट नेतृत्वको एमसीसीको प्रतिनिधिमण्डल असोज १४ गते पौने पाँच बजे कतार हुँदै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका छ । असोज १८ गते दिउँसो सो टोली कतार हुँदै अमेरिका फर्कने छ । नेपालमा रहँदा अलब्राइटले एमसीसीमा भएका प्रगति र समस्याहरुको बारेमा ब्रिफिङ लिने तथा एमसीसी परियोजनाको केही फिल्ड अवलोकन पनि गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७