दसैंका लागि असोज २५ देखि नयाँ नोट : १८ हजार पाँच सयसम्म पाइने

क्यूआरबाट पनि साटिने


१० आश्विन २०८०, बुधबार
money new
सांकेतिक तस्विर

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैं, तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै असोज २५ गतेदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ ।

असोजको अन्तिम सातादेखि सर्वसाधारणका लागि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी भइरहेको राष्ट्र बैंकका मुद्रण विभाग प्रमुख ईडी नरेश शाक्यले जानकारी दिए । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि ५, १०, २०, ५० र १०० दरका एक–एक गड्डी गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटहीको सुविधा प्रदान गरिने कार्यकारी निर्देशक शाक्यले बताए ।

उपत्यकासहित देशका सात वटै प्रदेशस्थित राष्ट्र बैंकको शाखा कार्यालयहरूमार्फत सर्वसाधारणका लागि नोट सटही सुविधा उपलब्ध हुनेछन् । मागका आधारमा क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्था र सहकारी संघ संस्थाहरूमा समेत नयाँ नोट साटन् पाइनेछ ।

त्यस्तै सर्वसाधारण सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै केन्द्रीय बैंकले पहिलो पटक क्यास सटहीमा क्यूआरको प्रयोग गर्ने तयारी गरेको छ । सेवाग्राहीको भिडभाड र सहजताका लागि यस्तो व्यवस्था गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।
यस्तो क्यूआर सुविधा राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सबै सटही काउन्टरहरूमा उपलब्ध हुनेछ । तर, अन्य बैंक तथा वित्तीय संस्थाहरूले भने आफू अनुकूल सटहीको सुविधा लिन सक्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७