विश्व कीर्तिमान बनाउने नेपाली क्रिकेट टोलीलाई पूर्वराजा ज्ञानेन्द्रले दिए बधाई


१३ आश्विन २०८०, शनिबार
Gyanendra sha
फाइल फोटो

काठमाडौं । नेपालले टी–२० आई क्रिकेटमा विश्व कीर्तिमान बनाएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले बधाई दिएका छन् । उनको संवाद सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै नेपाली टिमलाई बधाई दिएको छ । गत बुधबार एसियाली खेलकुदअनर्गत भएको खेलमा नेपालले पाँचवटा विश्व कीर्तिमान कायम गरेको थियो ।

उच्च टिम स्कोर ३१४, सबैभन्दा छिटो शतक (कुशल मल्ल ३४ बलमा), सबैभन्दा छिटो अर्धशतक (दीपेन्द्रसिंह ऐरी ९ बलमा), सबैभन्दा ठूलो जित (२७३) र एक इनिङमा सबैभन्दा धेरै छक्का (२६) को विश्व कीर्तिमान बनाएको थियो । प्रतिकूल अवस्था हुँदा पनि नेपाली क्रिकेटरले विश्व कीर्तिमान राखेको भन्दै पूर्वराजाले खेलाडीको प्रशंसा गरेका छन् ।

092157704384374853 3237202883248792 9028806134584531828 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७