‘एनएसएल अक्सन’ : लकेन, सनिश, दिनेश र सीमान्त सर्वाधिक मूल्यमा विक्री


१३ आश्विन २०८०, शनिबार
NSL Auction mKZyL0yi3R

काठमाडौँ । दोस्राे संस्करणको नेपाल सुपर लिग (एनएसएल) का लागि चार खेलाडी सर्वाधिक मूल्यमा बिक्री भएका छन् । अक्सनका लागि समूह ‘ए’ रहेका चार खेलाडीलाई एनएसएलका टिमले सर्वाधिक ३ लाख ५० हजारमा खरिद गरेका हुन् ।

नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड लकेन लिम्बुलाई झापा एफसीले ३ लाख ५० हजार रुपैयाँमा अनुबन्ध गर्‍यो । यता डिफेन्डर सनिश श्रेष्ठलाई ललितपुर एफसीले ३ लाख ५० हजारमा खरिद गर्‍यो । ललितपुरले नै फरवार्ड दिनेश हेन्जनलाई ३ लाख ५० हजार रुपैयाँमा भित्र्यायो ।

राष्ट्रिय टिमका डिफेन्डर सिमान्त थापालाई भने ३ लाख ५० हजार रुपैयाँमा वीरगन्ज एफसीमा अनुबन्ध गर्‍यो । एनएसएलको दोस्रो संस्करण नोभेम्बर २४ देखि डिसेम्बर ३० सम्म आयोजना हुने तालिका रहेको छ । एनएसएलमा साविक विजेता काठमाडौं रेजर्स, साविक उपविजेता धनगढी एफसी, ललितपुर सिटी एफसी, पोखरा थण्डर्स, एफसी चितवन, बुटवल लुम्बिनी एफसी, झापा एफसी, स्पोर्टिङ इलाम डे मेसी र वीरगञ्ज युनाइटेड गरी ९ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७