आर्सनलको जित, सिटी, लिभरपुल र युनाइटेड पराजित


१४ आश्विन २०८०, आईतवार
burnmouth k35zfMMlw0

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले बर्नमाउथलाई पराजित गरेको छ । हिजो भएको खेलमा आर्सनलले बर्नमाउथलाई ४–० गोलको फराकिलो अन्तरले हरायो । आर्सनलका लागि बुकायो साका, मार्टिन ओडेगार्ड, काइ हाभर्टजले र बेन ह्वाइटले समान एक÷एक गोल गरे । जितसँगै आर्सनलको ७ खेलमा १७ अङ्क भएको छ । आर्सनल अङ्कतालिकाको तेस्रो स्थानमा छ ।

अर्को खेलमा शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटी उल्भ्ससँग २–१ गोलले पराजित भएको छ । प्रिमियर लिगमा यो सिजन सिटीको पहिलो हार हो । सिटी ७ खेलमा १८ अङ्ककासाथ शीर्षस्थानमा यथावत् छ ।

त्यस्तै, म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेससँग १–० गोलको हार व्यहोरेको छ । क्रिस्टल प्यालेसका ह्वाकिम एन्डरसनले गरेको गोल नै निर्णायक भयो । त्यस्तै, गएराति भएको खेलमा टोटनहमले लिभरपुललाई हराएको छ । लिभरपुल २–१ गोलले पराजित हुँदै शीर्षस्थानमा उक्लिने अवसर गुमाएको छ ।

७ खेलमा १६ अङ्क रहेको लिभरपुल चौथो स्थानमा छ । अरु खेलमा एस्टनभिल्लाले ब्राइटनलाई ६–१ गोलले, न्युक्यासलले बर्नलीलाई २–० गोलले, वेस्ट ह्यामले सेफिल्ड युनाइटेडलाई पनि २–० गोलले र लुटन टाउनले एभर्टनलाई २–१ गोलले हराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७