नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य


१४ आश्विन २०८०, आईतवार
Rohit poudel1687266876
फाइल फोटो

काठमाडौं । चीनमा जारी १९औँ एशियाली खेलकुद अन्तर्गत अहिले जारी नेपाल र माल्दिभ्सबीचको क्रिकेट खेलमा नेपालले माल्दिभ्सलाई जितका लागि २१३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१२ रनको योगफल खडा गरेको हो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे । २७ बलको सामना गरेका उनले ३ चौका र ३ छक्काको मद्दतले ५२ रन बनाए । हार्डहिटर कुशल मल्लले आज पनि शानदार ब्याटिङ गरे । मात्र २० बलमा ४७ रन जोडेका उनी अर्धशतक जोड्न चुकेर नटआउट रहे ।

गुल्सन झाले २१ बलमा ३५ र कुशल भुर्तेलले १८ बलमा ३५ रन जोडेर टिमलाई सम्हाले । विनोद भण्डारीले १५ बलमा १३ रन बनाए । अरु ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन् । पहिलो बलमा छक्का हिर्काएका दीपेन्द्र दोस्रो बलमा आउट भए ।
माल्दिभ्सका नाजवान इस्माइलले सर्वाधिक तीन विकेट लिए । नसीर नैल इस्माइल, मोहम्मद मिउवान र थोलाल मोहम्मद रायले समान एक÷एक विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७