भूराजनीतिक अवस्थाले देशको अवस्था पेचिलो र जटिल छ : माओवादी केन्द्र

‘देश हाम्रै एजेण्डा वरिपरि घुमिरहेको छ, २०८४ मा एक्लै लडेर पहिलो पार्टी बन्छौं’


१४ आश्विन २०८०, आईतवार
agni sapkota press meet1

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले आगामी निर्वाचनमा माओवादीले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताएका छन् ।

पेरिसडाँडामा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीले त्यहीअनुसार अहिले तीन महिने अभियान चलाइरहेको बताए । तीन महिने अभियान लगत्तै आफूहरु विधान सम्मेलन हुँदै विशेष महाधिवेशनमा जाने उनको भनाइ छ ।
प्रवक्ता सापकोटाले भने, ‘अहिले हाम्रो एजेण्डामा देश घुमिरहेको छ । तर, त्यो संगठनमा अभिव्यक्त भएको छैन । त्यो संगठनमा अभिव्यक्त हुने र पहिलो पार्टी हुने संकल्पका साथ अगाडि बढेरहेका छौं ।’

सापकोटाले भूराजनीतिक अवस्थाले गर्दा देशको अवस्था पेचिलो बन्दै गएको बताएका छन् । उनले सबै मिलेर मेहनत गर्ने हो भने देखिएको समस्या समाधान हुने बताउँदै उनले अहिले चुनौती भन्दा पनि बढी सम्भावना रहेको उल्लेख गर्दै चुनौतिमै सम्भावनाका ढोका खुल्ने जिकिर गरे ।

‘भूराजनीतिक अवस्थाले गर्दा हाम्रो अवस्था अलि पेचिलो र जटिल छ । तर हामीले मेहनत गर्ने हो भने देखापरेको समस्याको समाधान गर्न सकिन्छ । सम्भावना पनि छ यसमा । अहिले चुनौती भन्दा बढी सम्भावना छ,’ उनले भने, ‘यस्तै बेलामा ढोकाहरु खुल्छन् । भारत भ्रमण होस् वा संयुक्त राष्ट्रसंघको महासभामा जाँदा भएका सम्झौताहरु भन्नुस्, यसको एकमुष्ठ निस्कर्ष निकाल्दा अहिले राजनीतिक रुपमा पनि एउटा सन्देश त गएको छ, त्यो भन्दा कयौँ गुणा बढी, अहिले हामी राजनीतिक पार्टीप्रतिको अपेक्षा बढी छ, विशेष गरी माओवादीप्रति अपेक्षा बढी छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७