केएमसीका चिकित्सकहरु आज पनि सडकमा


१५ आश्विन २०८०, सोमबार
doctors

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) मा कार्यरत डाक्टरहरुले आज (सोमबार) दोस्रो दिन पनि विरोध प्रदर्शन गरेका छन् ।

आइतबार चिकित्सकसहित चार जना स्वास्थ्यकर्मी कुटिएपछि उनीहरुले सिनामंगलस्थित मेडिकल कलेज अगाडि सडकमा बसेर प्रदर्शन गरेका हुन् । कुटपिटमा संलग्नमध्ये २ जना पक्राउ परे पनि एक जना अझै फरार रहेको उनीहरुको भनाइ छ ।
उनीहरुले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । आइतबार आपसी विवादका क्रममा विरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेको बताइएको छ । आइतबार सबेरै बिहान १ बजे डा. मनिष खड्कासहितलाई डाइलायसिस गर्न पुगेका बिरामीका आफन्तले ड्युटीमै रहेका बेला कुटपिट गरेका थिए ।

उक्त घटनापछि केएमसीका चिकित्सकसहितका कर्मचारी आइतबारदेखि आन्दोलित थिए । उनीहरुले असुरक्षा महसुस भएको भन्दै सोमबार पनि प्रदर्शन गरेका छन् । शनिबार मात्रै सरकारले चिकित्सहरुमाथि कार्यस्थलमा हुने कुनै पनि आक्रमण रोक्ने प्रतिवद्धता गरेको थियो । तर लगत्तै केएमसीमा कुटपिट भएपछि आन्दोलत भएको हो । केएमसीको कुटपिट प्रकरणमा प्रहरीले गुल्मीका दुई युवालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७