कोभिडविरुद्ध ‘एमआरएनए’ खोप बनाउने वैज्ञानिकले पाए नोबेल पुरस्कार


१५ आश्विन २०८०, सोमबार
Novel 1696242987

काठमाडौं । सन् २०२३ को ‘फिजियोलोजी तथा मेडिसिन’ तर्फको नोबेल पुरस्कार कोभिड–१९ विरुद्धको एमआरएनए खोप विकासमा योगदान गर्ने दुई वैज्ञानिकले पाएका छन् ।

न्युक्लियोसाइड बेस परिमार्जन गर्दै कोभिड–१९ विरुद्ध प्रभावकारी एमआरएनए खोप विकासलाई सक्षम बनाएकोमा क्याटालिन कारिको र ड्र्यू वेइसम्यानलाई नोबेल पुरस्कार प्रदान गरिएको हो । नोबेल फाउन्डेसनले सामाजिक सञ्जाल ट्विटरमार्फत दुवै जनालाई पुरस्कार प्रदान गरिएको जानकारी दिएको छ ।

नोबेल पुरस्कार समितिले आधुनिक समयमा मानव स्वास्थ्यको सबैभन्दा ठूलो खतराका बेला खोप विकासमा अभूतपूर्व योगदान दिएकोमा उनीहरूलाई पुरस्कार दिइएको बताएको छ । परम्परागत खोपमा जुन भाइरसविरुद्धको हो, सोही भाइरसको कमजोर स्वरूप प्रयोग हुने गर्छ । एमआरएनए खोपमा सामान्यतया भाइरसको बाहिरी झिल्लीमा पाइने प्रोटिनको सानो टुक्रालाई प्रयोग गरिन्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७