कांग्रेस–माओवादी गठबन्धनको सरकार गैरजिम्मेवार र विकासविरोधी : अध्यक्ष ओली

‘सरकार खुँडा र एसिड आक्रमण गर्नेलाई पुरस्कृत गर्दैछ’


१६ आश्विन २०८०, मंगलवार
kp sharma oli1696320285

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार चरम गैरजिम्मेवार रहेको आरोप लगाएका छन् ।

आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले भने, ‘कांग्रेस नेतृत्वको गठबन्धन त्यसयता माओवादी केन्द्र नेतृत्वको सरकार कस्ता देखिएका छन् । मिल्न सक्नु, नसक्नु बेग्लै कुरा हो । सरकार चरम गैरजिम्मेवारी, स्वेच्छाचारी र विकासविरोधी देखिएका छन् ।’ सरकारकै कारण विकास आयोजना रोकिएको उनले बताए । आयोजना सकिँदा पनि भुक्तानी नदिएको उनले बताए ।
‘सरकार खुँडा र एसिड आक्रमण गर्नेलाई पुरस्कृत गर्दैछ’
मुस्कान खातुनलाई एसिड आक्रमण गर्ने व्यक्तिलाई छाडेकोमा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोखेका छन् । अध्यक्ष ओलीले एसिड पीडित मुस्कान अझै उपचारमा रहेको र घाउ निको नभएको स्मरण गराउँदै दोषीलाई छोड्नुको कारण सोधेका हुन् ।

एसिड पीडितलाई न्याय दिन संसद बसेका बेला आफूले अध्यादेशबाट कानुन बनाएको उनले बताए । ‘कानुन त कडा बनाएको हुँ । महिला खुशी भएका थिए,’ उनले भने । उनले यो सरकारले दिउँसै खुँडा र एसिड आक्रमण गर्नेलाई कैद मिनाहा गर्दै पुरस्कृत गरिरहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७