मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिने


१७ आश्विन २०८०, बुधबार
hikmat karki 2

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आउने शनिबार विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतको परमादेशबाट भदौ २२ गते मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको चौथो अधिवेशन बुधबार सुरु भएको छ ।

कार्की सर्वोच्चको परमादेशमार्फ संविधानको धारा १६८ को ३ अनुसार दोस्रो पटक मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री कार्कीले असोज २० गते शनिबार विश्वासको मत लिने तयारी भएको एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

विश्वासको मत नपाए मुख्यमन्त्री कार्की स्वतः पदमुक्त हुनेछन् । त्यससँगै संविधानको धारा १६८ को उपधारा ५ अनुसार अर्को सरकार गठनको प्रक्रिया सुरु हुनेछ । मुख्यमन्त्री कार्कीलाई एमाले बाहेकले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । यसअघि एमालेकै पक्षमा उभिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समेत यस पटक मत नदिने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७