नेपालगञ्जको कर्फ्यु आंशिक रुपमा हटाइयो, निषेधाज्ञा कायमै


१८ आश्विन २०८०, बिहीबार
Nepalgaunj

बाँके । दुई धार्मिक समुदायबीच उत्पन्न विवादका कारण स्थानीय प्रशासनले बाँकेको नेपालगञ्जमा लगाइएको अनिश्चितकालीन कर्फ्यु दिउँसोको समयमा हटाएको छ । जिल्ला प्रशासन कार्यालयले आज राति ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु यथावत रहने जनाएको छ । तर निषेधाज्ञा भने दिउँसो पनि जारी गरिएको छ ।

दिउँसोको समयमा निषेधाज्ञा जारी गरिएकोले उपमहानगरपालिका क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर–पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको उक्त सूचनामा उल्लेख छ । जिल्लामा समग्र शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पतिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न एवं मानव अधिकारको सम्ममान गर्न सबैमा अनुरोध समेत गरिएको छ ।

सार्वजनिक स्थानमा होहल्ला गर्ने जस्ता अवाञ्छित क्रियाकलापहरू तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरू नगर्न प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले आग्रह गरेका छन् ।
हेर्नुस् सूचना

s

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७