भूकम्पले भत्किएका ७६० सम्पदा पुनर्निर्माण


१८ आश्विन २०८०, बिहीबार
punarnirman large

काठमाडौँ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका सात सय ६० सम्पदाको पुनर्निर्माण सकिएको पुरातत्व विभागले जनाएको छ । भूकम्पले ३२ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुर्‍याएको थियो । हाल ५० सम्पदा पुनर्निर्माण भइरहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए । चालु आर्थिक वर्षमा ३० सम्पदाको पुनर्निर्माण सुरु गर्न बजेट विनियोजन भएको उनले बताए ।

भूकम्पले एक सय वर्षभन्दा पुराना दुई सय १५ गुम्बामा क्षति पुर्‍याएको जनाउँदै कुँवरले तीमध्ये २५ वटाको पुनर्निर्माण भइरहेको बताए । बाँकीको पुनर्निर्माणका लागि पहल भइरहेको विभागले जनाएको छ । सम्पदा पुनर्निर्माणका लागि काठ, इट्टालगायत निर्माण सामग्री नपाइने समस्याका कारण काममा ढिलाइ भएको प्रवक्ता कुँवरको भनाइ थियो ।

विसं २०७६ चैत ११ पछि विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका समयमा गरिएको बन्दाबन्दी, खरिद प्रक्रिया लामो हुनु, बजेट पर्याप्त नआउनुलगायत कारणले पनि काममा ढिलाइ हुने गरेको विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७