विश्वकप क्रिकेट : बङ्गलादेशसामु १५७ रनको लक्ष्य


२० आश्विन २०८०, शनिबार
Afaganstan COsMWcrTHd

काठमाडौँ । भारतमा भइरहेको आइसीसी विश्वकप क्रिकेटअन्तर्गत आजको खेलमा अफगानिस्तानले बङ्गलादेशलाई जितका लागि एक सय ५७ रनको लक्ष्य दिएको छ ।

भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा टस हारेपछि अफगानिस्तानले पहिला ब्याटिङ गर्दै ३७ दशमलव दुई ओभरमा सवै विकेट गुमाएर एक सय ५६ रन बनायो । अफगानिस्तानका लागि रमनुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए । यस्तै इब्राहिम जरदानले २२, अजमातुल्लाह ओमाराजीले २२, रहमत शाहले १८ तथा कप्तान हसमतुल्लाह शाहिदीले १८ रन बनाए ।

बलिङतर्फ बङ्गलादेशका शकिब उल हसन र मेहदी हसनले समान तीन÷तीन विकेट लिए । अहिले बङ्गलादेशले जवाफी ब्याटिङ गरिरहेको छ । आजै श्रीलङ्का र दक्षिण अफ्रिकाबिच अर्को खेल हुनेछ । यसअघि शुक्रबार भएको खेलमा पाकिस्तानले नेदरल्यान्डस्लाई ८१ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७