अफगानिस्तानमा शक्तिशाली भूकम्प : कम्तीमा १५ जनाको मृत्यु, कैयौं घाइते


२१ आश्विन २०८०, आईतवार
b278d796f8a4395119d98348868d47617f2d63bc

काठमाडौं । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ भने धेरै मानिस घाइते भएका छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षणले ६.३ म्याग्निच्युडको भूकम्पपछि हेरात प्रान्तमा धेरै शक्तिशाली धक्का महसुस गरिएको जनाएको छ । भूकम्पले इरानसँगको सीमा नजिकै रहेको हेरात सहरका भवनमा क्षति पुगेको छ ।

अफगान अधिकारीहरूले भग्नावशेषमा केही मानिस फसेको बताएका छन् । आसपासका ग्रामीण तथा पहाडी क्षेत्रमा पहिरो गएको खबर प्राप्त भएका छन् । गएको जुनमा पनि अफगानिस्तानमा गएको भूकम्पमा परी हजारभन्दा बढीको ज्यान गएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७