एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत


२१ आश्विन २०८०, आईतवार
prem parajuli

काठमाडौं । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत चयन भएका छन् । आकांक्षी चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

निर्वाचन समितिका अनुसार उपत्यका विशेष प्रदेश कमिटीको उपाध्यक्षमा विदुर कार्की सर्वसम्मत भएका छन् । त्यस्तै सचिवमा मिलन धरेल, उपसचिवमा जितेन्द्र श्रेष्ठ, उर्मिला सुनुवार सर्वसम्मत भएका छन् ।

एमालेमा भूगोलतर्फ सात र गैरभूगोलतर्फ एक गरी ८ वटा प्रदेश कमिटी रहेका छन् । अहिलेसम्म ६ वटा प्रदेश कमिटीको अधिवेशन भइसकेको छ । सुदूरपश्चिम प्रदेश अधिवेशन भने आजबाट सुरू हुँदैछ । त्यहाँ नयाँ नेतृत्वका लागि तीन जनाले दाबी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७