नौं किलो सुन तस्करी प्रकरण : राहुल महरासहित चार जनाविरुद्ध मुद्दा दायर

साढे ७ वर्ष कैद सजाय माग


२४ आश्विन २०८०, बुधबार
rahul mahara uuqcXzeBIk

काठमाडौं । सरकारी वकिलले विद्युतीय चुरोट (भेप) मार्फत नौं किलो सुन तस्करी प्रकरणमा चार जनाविरूद्ध मुद्दा दायर गरेको छ । सरकारी वकिलको कार्यालयले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलसहित चार जनाविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

महरासहित सर्लाही घर भई काठमाडौंको नागार्जुन नगरपालिका–४ सितापाइला बस्ने ३९ वर्षीय लोकेन्द्रकुमार पौडेल, बेल्जियमका नागरिक ३९ वर्षीय दावा छिरिङ र काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धका ५७ वर्षीय निमा गुरूङविरूद्ध मुद्दा दायर भएको हो । ती जना प्रहरी हिरासतमा छन् भने निमा फरार छन् ।

उनीहरुविरुद्ध तीन वटा (आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराध सम्बन्धी) कसुरमा मुद्दा दायर गरिएको सरकारी वकिलले जनाएको छ । १० पुसमा फ्लाइ दुबईबाट काठमाडौं आएका चिनियाँ नागरिक ली हाङसनले ल्याएको ७३० वटा भेपभित्र नौं किलो सुन बरामद भएको थियो ।

यही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्व सभामुख कृष्णबहादुर महराको बयान पनि लिएको थियो । तर, सीआईबीले पूर्व सभामुख महरालाई भने प्रतिवादी नबनाई सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७