एसीसी यू–१९ प्रिमियर कप : नेपालले आज इरानसँग खेल्दै


२५ आश्विन २०८०, बिहीबार
trikonatmak2023 10 12 06 17 18

काठमाडौं । मलेसियामा आजदेखि सुरु हुने एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले इरानसँग खेलिरहेको छ । समूह ‘बी’ मा रहेको नेपाल र इरानबीचको खेल युएसडी युकेएम ओभलमा स्थानीय समय अनुसार बिहान साढे ९ बजे (नेपाली समय बिहान सवा ७ बजे) सुरु भएको हो ।

आगामी डिसेम्बरमा हुने यू–१९ एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपालले पहिलो खेलमा तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी पाएको छ । नेपालले समूह चरणमा इरानसँगै बहराइन र साउदी अरेबियासँग खेल्नेछ । १६ टोली सहभागि एसीसी यू–१९ प्रिमियर कपबाट शीर्ष तीन टोली मात्र यू१९ एसिया कपमा छनोट हुनेछन् ।

जहाँ एसियाका टेष्ट खेल्ने पाँच राष्ट्रको यू–१९ टोलीले सीधै स्थान पक्का गरिसकेका छन् । हरेक समूहको विजेता सेमिफाइनल पुग्ने भएकोले नेपालको पहिलो लक्ष्य समूहको तीनवटै खेल जितेर सेमिफाइनल पुग्ने र त्यसपछि फाइनल जित्दै च्याम्पियन भएर यू१९ एसिया कपमा पुग्ने छ । त्यसका लागि नेपालले अन्य समूहमा रहेका युएई, हङकङ, मलेसिया, सिंगापुर जस्ता टिमसँग खेल्नुपर्ने हुन सक्छ । नेपालले दोस्रो खेल बहराइनसँग १५ अक्टोबर र तेस्रो खेल साउदीसँग १९ अक्टोबरमा खेल्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७