रोनाल्डोको दुई गोल मद्दतले पोर्चुगल युरो २०२४ मा छनोट


२७ आश्विन २०८०, शनिबार
ro

पोर्टो । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले स्लोभाकियालाई हराउँदै पोर्चुगल आगामी युरोपियन च्याम्पियनसिपका लागि छनोट भएको छ । शुक्रबार राति भएको खेलमा ३–२ को जीत हासिल गर्दै पोर्चुगल समूह जे बाट ३ खेल बाँकी छँदै प्रतियोगिताका लागि छनोट हुन सफल भएको हो ।

खेलको १८ औँ मिनेटमा पोर्चुगलका लागि गोन्कालो रामोशले पहिलो गोल गरेका थिए । २९ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीबाट पोर्चुगलको अग्रता दोब्बर बनाए । दोस्रो हाफको ६९ औँ मिनेटमा डेभिड ह्यानकोले स्लोभाकियाका लागि एक गोल फर्काए पनि रोनाल्डोले तत्कालै टोलीको दुई गोलको अग्रता कायम गरेका थिए । योसँगै अन्तर्राष्ट्रिय फुटबलमा कीर्तिमानी गोल संख्या १२५ पुगेको छ । उनले २०२ खेलमा यो उपलब्धि हासिल गरेका हुन् ।

स्टानिस्लाभ लोबोट्काले ८० औँ मिनेटमा स्लोभाकियाका लागि अर्को गोल गरे पनि त्यसपछि भने कुनै गोल हुन सकेन । योसँगै पोर्चुगलले समूह जीको सातमध्ये सातै खेल जित्दै युरो २०२४ मा स्थान पक्का गरेको छ । पोर्चुगलसँगै बेल्जियन, जर्मनी र फ्रान्सले आफ्नो स्थान पक्का गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७